खेतमा घाटा, बजारमा महँगी : माइतीघरमा गोलभेँडा पोखेर किसानको आक्रोश
काठमाण्डौ । उत्पादन लागतसमेत नउठ्ने गरी गोलभेँडाको मूल्य खस्किएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन्।बुधबार बिहान विभिन्न कृषि फार्मबाट गोलभेँडा लिएर माइतीघर पुगेका किसानहरूले बजारमा बिचौलियाको दबदबा कायम रहेको र उत्पादकले उचित मूल्य पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

