रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिस्ट पार्टीले २५ लाख रुपैयाँ सहयोग गर्ने
काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको छ।पार्टीले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीसमेत पठाउने निर्णय गरेको जनाएको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री...

