लगानी बोर्डद्वारा ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत, अन्य कुन आयोजनका लागि भए कस्ता निर्णय ?
काठमाण्डौ । लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजनाको अनुमानित लागत स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बोर्डकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । उक्त आयोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ।

