सोलार फार्मले अघि बढायो आईपीओको प्रक्रिया, सेबोनसँग अनुमति माग
काठमाण्डौ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले वैशाख ७ गते सेबोनमा आवेदन दिएको हो ।