कोशीमा भारी वर्षा र हावाहुरीको जोखिम, धनकुटा प्रशासनको उच्च सतर्कता आग्रह
काठमाण्डौ । बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना बढेको छ।जिल्ला प्रशासन कार्यालय धनकुटाले कात्तिक १२ देखि १४ गतेसम्म मौसम प्रतिकूल रहने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। सम्भावित वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।

