नेप्सेको सीईओका लागि ८ जनाको आवेदन, १०–१५ दिनभित्र सर्टलिस्ट तयार हुने
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुुसार आवेदन दिने अन्तिम समयसम्म आठ जनाको आवेदन परेको हो । उनका अनुसार सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ...

