राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ । २०७२ को विनाशकारी भूकम्पले बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवन क्षतिग्रस्त बनेपछि सरकारले २०७६ असार २३ गते शिलान्यास गरी नयाँ भवन निर्माण गर्न सुरु गरेको थियो । नयाँ भवनको शिलान्यास तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । २०७२ वैशाख १२ गतेको महा भूकम्पका कारण बैंकको...