INSURANCE

आइएमई पे ले ल्यायो,‘स्मार्ट हेल्थ–सुरक्षित भव ’नामक डिजिटल बीमा सुविधा,३६५ रुपैयाँमै पाउन सकिन्छ यस्ता लाभ

काठमाण्डौ।आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ । आइएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।