एनआईबीएल इक्वीटीको सोलुखुम्बु जलविद्युत् आयोजनामा १५ करोड लगानी, ७५% निर्माण सकियो
काठमाण्डौ । सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनामा निजी क्षेत्रबाट १५ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ। NIBL Equity Partners ले Gurkhas Himalayan Hydro Limited मा उक्त रकम बराबरको इक्विटी लगानी गरेको हो।यो लगानी सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुस्थित ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनामा केन्द्रित छ। लगानीसम्बन्धी सम्झौता गत मार्च १९ मा सम्पन्न भएको हो।

