एनआइबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा ४७ करोड लगानी, सर्वाधिक नेको इन्स्योरेन्समा
काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सेयरबजारमा सर्वाधिक लगानी रहेको एनआईबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा मात्रै ४७ करोड भन्दा बढी लगानी रहेको छ । चालु आवको चैत मसान्तसम्ममा फण्डको सूचीकृत सेयरमा लगानी १ अर्ब ७२ करोड १ लाख रुपैयाँ रहेको छ । फण्डले बीमा कम्पनीहरुको सेयरमा मात्रै सो अवधिसम्म ४७ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । यसर्थ फण्डको बीमा कम्पनीको सेयरमा मात्रै...