एनआईसी एशिया बैंकद्वारा दुई विद्यालयलाई फर्निचर र प्रिन्टर सहयोग
काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रुपन्देही र डोटीका दुई विद्यालयलाई फर्निचर तथा प्रिन्टर सहयोग गरेको छ ।बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शंकरनगरस्थित शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय र डोटीको शिखर नगरपालिका–४, बनोलीस्थित काफलेश्वर आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

