एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णालीमा शाखा स्तरीय अर्धवार्षिक समीक्षा आयोजना
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखा कार्यालयहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको छ ।