नवील बैंकको लाभांश स्वीकृत, निर्वाण चौधरी बने सञ्चालक समितिको अध्यक्ष
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ४१औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साधारणसभा सोमबार तत्कालीन अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

