बीमा दाबी भुक्तानी बक्यौता ५२ अर्ब नाघ्यो, एक वर्षमै करिब ६०% वृद्धि
काठमाण्डौ । बीमा कम्पनीहरुले बीमितबाट परेको दाबी समयमै भुक्तानी गर्न नसक्दा दाबी बक्यौता रकम बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुबाट ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी हुन बाँकी छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५९.९१ प्रतिशत बढी हो । अघिल्लो आवमा भने यस्तो रकम ३२ खर्ब ५६ करोड ८२...

