औद्योगिक क्षेत्रका ठूला उद्योगमाथि सरकारको कडा कदम, करोडौँ बक्यौता असुली अभियान शुरु
काठमाण्डौ । औद्योगिक क्षेत्रको सरकारी सम्पत्ति प्रयोग गरी लामो समयदेखि बक्यौता नतिर्ने ठूला उद्योगहरूमाथि सरकार कडा निगरानीमा उत्रिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बाँकी बक्यौता नबुझाए कडा कानूनी तथा प्रशासनिक कारबाही अघि बढाइने स्पष्ट संकेत दिएकी छ ।

