सरकारको कार्ययोजनाले बजारमा जोश, पहिलो घण्टामै ३५ अंकले बढ्यो नेप्से
काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको सकारात्मक प्रभाव बुधबार सेयर बजार खुलेलगत्तै देखिएको छ।कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३५ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २६२० विन्दुमा पुगेको छ।बजार खुलेको पहिलो मिनेटमै नेप्से तीव्र गतिमा उकालो लाग्दै २६७९ विन्दुसम्म पुगेको थियो। त्यसपछि केही करेक्सन आए पनि बजार...

