पाकिस्तानको हवाई आक्रमणमा ११ बालबालिकासहित १३ जनाको मृत्यु
काठमाण्डौ । पाकिस्तानले मंगलबार राति र बुधबार बिहान डुरेन्ड रेखासँग जोडिएका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ। तालिबान प्रशासनका अनुसार उक्त घटनामा ११ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

