खेल मिलेमतोदेखि विश्वकप टिकट बिक्रीसम्म, एन्फामाथि सीआईबीको अनुसन्धान
काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा खेल मिलेमतो, आर्थिक अनियमितता, जर्सी तथा खेल सामग्री खरिददेखि विश्वकप टिकट बिक्रीसम्मका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ।प्रारम्भिक अनुसन्धानपछि एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका छन्। सीआईबीका अनुसार एन्फाका अन्य केही पदाधिकारीसमेत...

