राज्यकोषको दुरुपयोग रोक्न खर्च नियन्त्रणमा सरकारको जोड, अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न कडा निर्देशन
काठमाण्डौं । सरकारले अत्यावश्यक नभएका सामग्रीहरूको नयाँ खरिद नगर्न र सम्भव भएसम्म पुराना सामग्रीलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउन सबै सम्बन्धित सरकारी निकायहरूलाई स्पष्ट निर्देशन दिएको छ। निर्देशन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत जारी गरिएको परिपत्रका आधारमा संघीय तथा प्रदेश तहका सम्पूर्ण निकायमा लागू हुने गरी पठाइएको हो।

