युरोपेली ब्रान्ड प्योर डर्मा नेपाल प्रवेश, १५ स्किनकेयर उत्पादन सार्वजनिक
काठमाण्डौं । अन्तर्राष्ट्रिय स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड ‘प्योर डर्मा’ले नेपाली बजारमा आफ्नो औपचारिक प्रवेश गर्दै व्यवसाय विस्तारको नयाँ चरण शुरु गरेको छ। ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित भव्य लन्च कार्यक्रममार्फत कम्पनीले १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्दै नेपाललाई आफ्नो रणनीतिक बजारका रूपमा घोषणा गरेको हो।

