बुल रनमा रहेको पाकिस्तानको सेयर बजार अल टाइम हाईमा
काठमाण्डौ । बुलमा रहेको पाकिस्तानको सेयर बजार पुनःनयाँ उचाईमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेञ्ज(पीएसएक्स)इन्डेक्स बिहिबार नयाँ उचाईमा पुगेको हो । दुई दिनको बिदा पछि खुलेको कारोबारमा केएसई–१०० इन्डेक्स ८१ हजार ८ सय विन्दुमा पुगेको छ । अघिल्लो दिनको बुलिस मोमन्टम कायम राख्दै खुलेको कारोबारमा केएसई–१०० इन्डेक्स इन्ट्रा डे हाई अर्थात ८१ हजार ९ सय विन्दुमा पुगेको थियो भने...