सोमबार, असार २,२०८२ 03:46:22
  • सोमबार, असार २,२०८२ 03:46:22
Global IME Bank Limited

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि

Hyundai Nepal
पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । एकपछि अर्को उचाईमा पुगिरहेको पाकिस्तानको सेयर बजारले फेरी अर्को नयाँ उचाई चुमेको छ । आज पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० ०.७ प्रतिशतले वृद्धि हुँदै ७५ हजार विन्दुमा पुगेको छ ।  

आजको इ्रन्ट्रा डे कारोबारमा कराँची स्टक इन्डेक्सले ७५ हजार १११ विन्दुको उचाई हासिल गरेको छ । एक वर्षको अन्तरालमा पाकिस्तानको सेयर बजार ८० प्रतिशतले वृद्धि भईसकेको छ । सोमबार कराँची स्टक इन्डेक्स १ प्रतिशतको वृद्धि साथ ७३ हजार ८२२ विन्दुमा बन्द भएको थियो । टपलाइन सेक्युरिटीका सीईओ माहम्मद सोहेलका अनुसार विदेशी लगानीकर्ताले पाकिस्तानीे सेयर बजारमा खरिद बढाएपछि वृद्धि देखिएको हो । मंगलबार पाकिस्तानको नेशनल बैंक अफ पाकिस्तानलाई एमएससीआई इन्डेक्सले एमएससीआई फ्रन्टीयर मार्केट इन्डेक्समा जोडेको थियो । बुधबार यो बैंकको सेयरमूल्य १.६ प्रतिशतले वृद्धि भएको छ ।  

पाकिस्तानको सेयर बजारमा निष्कृत रुपमा रहेको विदेशी फण्डलाई थप आकर्षित गर्ने भएकाले पाकिस्तानको सेयर बजार अझै उचाईमा पुग्ने सोहेलले बताए । मार्च महिनामा मुद्रास्फिती १३.५ प्रतिशतमा झर्ने आँकलन र जुन महिनामा सहज मौद्रिक नीति आउने सम्भावनाका बीच पाकिस्तानको सेयर बजार वृद्धि भईरहेको अरिफ हबिब लिमिटेडका सीईओ साहिद हबिबले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै लगानीकर्ता पनि अन्तराष्ट्रिय मुद्रा कोषको नयाँ वित्तीय सहायता र यसले तय गर्ने आगामी रोडम्यापले उत्साहित रहेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।  

पाकिस्तानले गत महिना आइएमएफको ३ बिलियन डलरबराबरको अल्पकालिन वित्तीय सहायता कार्यक्रम सम्पन्न गरेको थियो । तर प्रधानमन्त्री सेहबाज सरिफले आइएमएफबाट नयाँ दीर्घकालिन कार्यक्रम आवश्यक रहेको बताएका थिए । अहिले आइएमएफले वित्त वर्ष २०२५ को बजेट ,नीति र सुधारका लागि नयाँ सम्भावित कार्यक्रममाथि त्यहाँको सरकारसँग छलफल गरिरहेको छ ।  

वाल स्ट्रिटको सिटी बैंकले पाकिस्तानले आइएमएफसँग आगामी चार वर्षका लागि ८ बिलियन डलरको आर्थिक सहायतामा समझदारी गर्न सक्ने जनाएको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.