आईतवार, श्रावण २४,२०८३ 11:03:59
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 11:03:59
Bizshala
Global IME Bank Limited

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि
New Office

काठमाण्डौ । एकपछि अर्को उचाईमा पुगिरहेको पाकिस्तानको सेयर बजारले फेरी अर्को नयाँ उचाई चुमेको छ । आज पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० ०.७ प्रतिशतले वृद्धि हुँदै ७५ हजार विन्दुमा पुगेको छ ।  

आजको इ्रन्ट्रा डे कारोबारमा कराँची स्टक इन्डेक्सले ७५ हजार १११ विन्दुको उचाई हासिल गरेको छ । एक वर्षको अन्तरालमा पाकिस्तानको सेयर बजार ८० प्रतिशतले वृद्धि भईसकेको छ । सोमबार कराँची स्टक इन्डेक्स १ प्रतिशतको वृद्धि साथ ७३ हजार ८२२ विन्दुमा बन्द भएको थियो । टपलाइन सेक्युरिटीका सीईओ माहम्मद सोहेलका अनुसार विदेशी लगानीकर्ताले पाकिस्तानीे सेयर बजारमा खरिद बढाएपछि वृद्धि देखिएको हो । मंगलबार पाकिस्तानको नेशनल बैंक अफ पाकिस्तानलाई एमएससीआई इन्डेक्सले एमएससीआई फ्रन्टीयर मार्केट इन्डेक्समा जोडेको थियो । बुधबार यो बैंकको सेयरमूल्य १.६ प्रतिशतले वृद्धि भएको छ ।  

पाकिस्तानको सेयर बजारमा निष्कृत रुपमा रहेको विदेशी फण्डलाई थप आकर्षित गर्ने भएकाले पाकिस्तानको सेयर बजार अझै उचाईमा पुग्ने सोहेलले बताए । मार्च महिनामा मुद्रास्फिती १३.५ प्रतिशतमा झर्ने आँकलन र जुन महिनामा सहज मौद्रिक नीति आउने सम्भावनाका बीच पाकिस्तानको सेयर बजार वृद्धि भईरहेको अरिफ हबिब लिमिटेडका सीईओ साहिद हबिबले बताए ।  

यसका साथै लगानीकर्ता पनि अन्तराष्ट्रिय मुद्रा कोषको नयाँ वित्तीय सहायता र यसले तय गर्ने आगामी रोडम्यापले उत्साहित रहेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।  

पाकिस्तानले गत महिना आइएमएफको ३ बिलियन डलरबराबरको अल्पकालिन वित्तीय सहायता कार्यक्रम सम्पन्न गरेको थियो । तर प्रधानमन्त्री सेहबाज सरिफले आइएमएफबाट नयाँ दीर्घकालिन कार्यक्रम आवश्यक रहेको बताएका थिए । अहिले आइएमएफले वित्त वर्ष २०२५ को बजेट ,नीति र सुधारका लागि नयाँ सम्भावित कार्यक्रममाथि त्यहाँको सरकारसँग छलफल गरिरहेको छ ।  

वाल स्ट्रिटको सिटी बैंकले पाकिस्तानले आइएमएफसँग आगामी चार वर्षका लागि ८ बिलियन डलरको आर्थिक सहायतामा समझदारी गर्न सक्ने जनाएको छ ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.