चिकित्सक र नर्समाथि हातपातपछि पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द
काठमाण्डौ । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालमा तोडफोड भएको भन्दै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले अस्पतालको सेवा बन्द भएको पुष्टि गरेका छन्।अस्पताल प्रशासनका अनुसार गत शुक्रबार ड्युटीमा रहेका मेडिकल अफिसर डा. अली हैदर रैन...

