विपद् व्यवस्थापनमा ढुक्क हुन प्रधानमन्त्रीको आग्रह, पूर्वसूचना प्रणाली थप सुदृढ बनाइने
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद् व्यवस्थापनमा उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन भइरहेको बताउँदै यस विषयमा ढुक्क हुन मुख्यमन्त्रीहरूलाई आग्रह गरेका छन्। उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् व्यवस्थापनका काम निरन्तर अघि बढिरहेको र सरकारले यसमा कुनै सम्झौता नगरेको बताए।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज...

