वर्षापछिको पहिरोले मुख्य राजमार्ग ठप्प, यात्रु बीच बाटोमै अलपत्र
काठमाण्डौं । अविरल वर्षापछि आएको बाढी–पहिरोले देशभरका मुख्य राजमार्गहरू अझै सामान्य हुन सकेका छैनन्।धेरै ठाउँमा सडक पूर्ण रूपमा बन्द हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने चालकहरू घण्टौँसम्म जाममा बस्न बाध्य भएका छन्।प्रहरीका अनुसार अहिले बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्ग का विभिन्न खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

