जीवन बीमा कम्पनीले गरे साढे १ खर्बको प्रिमियम संकलन, नेपाल लाइफको मात्रै २३.१३%
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले १० प्रतिशतले व्यवसाय बृद्धि गरेका छन् । १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमकहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । गत आवको अन्त्यसम्ममा सबै जीवन बीमा...