आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, सेयर बजार बन्द रहने
काठमाण्डौ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए। उनको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष पौष २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।जन्मजयन्तीको अवसरमा आज सिंहदरबार...

