६ दिनमा ८७ अंकले घट्यो नेप्से, लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा
काठमाण्डौ । बजार आज(बुधबार) पनि करेक्सन भएको छ । यो दिन सेयर बजार परिसूचक(नेप्से) १०.२५ अंकले करेक्सन भई २०८८.०४ मा सीमित बन्न पुगेको हो ।बुधबारसहित बजार लगातार छैठौं दिन पनि घटेको हो । यो अवधिमा सेयर बजार परिसूचक ८७.१३ अंकले घटिसकेको छ । कतिपय कम्पनीहरुको वित्तीय विवरण अपेक्षितभन्दा खराब आउँदा र कतिपयको विषयमा भने भ्रम फैलाइँदा बजारमा बिक्री चाप बढ्दै गएको देखिएको हो ।