निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.५.६५ अर्ब नाफा, ईपीएस कुनको कति ?
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको तुलनामा ५५.०६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म जिर्नीवन बीमा कम्पनीहरुले ३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । सो अवधिसम्म सर्वाधिक नाफा...