कांग्रेस महाधिवेशनअघि सदस्यता विवादले बढायो आन्तरिक तनाव
काठमाण्डौं। नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण र १५औँ महाधिवेशनको तयारीलाई लिएर विवाद चर्किँदै गएको छ।एकातर्फ नेता डा. शेखर कोइराला पक्षले बागमती प्रदेशस्तरीय छलफल गर्दै सदस्यता अद्यावधिकको प्रक्रिया व्यवहारिक नभएको निष्कर्ष निकालेको छ भने अर्कोतर्फ शेरबहादुर देउवा समूहले भने यसलाई बदनियतपूर्ण प्रयास भन्दै आपत्ति जनाएको छ।

