घट्यो निफ्राको नाफा, इम्पेयरमेन्ट चार्ज बढ्दा खूद नाफामा असर
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ ।कम्पनीले समीक्षा अवधिसम्ममा ६८ करोड ९९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ।