युक्रेनमाथि रुसको भीषण हमला, कम्तीमा ३२ जनाको ज्यान गयो
काठमाण्डौ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोनबाट गरेको ठूलो आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिकासमेत रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।आक्रमणबाट आवासीय भवन, औद्योगिक संरचना तथा ऊर्जा पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ। सबैभन्दा ठूलो क्षति उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रस्थित प्रिलुकीमा भएको छ।त्यहाँ रुसी...

