राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक सर्वसम्मत पारित
काठमाण्डौ । राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ।शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको विधेयकमाथि विस्तृत छलफलपछि पारित गरिएको हो।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रतिनिधिसभाबाट गरिएका संशोधन स्वीकार गर्दै विधेयक पारित...

