एक सातादेखि अस्पतालमै छ रविन्द्रको शव, पोस्टमार्टमअघि ‘शहीद घोषणा’को अडानले रोकियो प्रक्रिया
काठमाण्डौ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्षण अस्पतालमै छ। साउन १९ गते उपचारका क्रममा मृत्यु भएका मेहताको शवमाथि पोस्टमार्टमसमेत हुन सकेको छैन।देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको दङ्गाका क्रममा घाइते भएका मेहताको उपचारका क्रममा मृत्यु भएको हो। तर, उनको मृत्यु भएको लामो समय बितिसक्दा पनि शवको...

