प्राविधिक सुधारका लागि रसुवागढी जलविद्युत उत्पादन अस्थायी रूपमा रोकिँदै
काठमाण्डौं । रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा निर्माण कार्य शुक्रबारदेखि अस्थायी रूपमा स्थगित गरिने भएको छ। आयोजनामा आवश्यक मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गर्न करिब तीन साता समय लाग्ने अनुमान गरिएको छ।

