रसुवाका बाढीपीडितलाई ठमेलका रात्रीकालीन मनोरञ्जन व्यवसायीको साढे ५ लाख नगदसहित राहत
काठमाण्डौ । नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी सङ्घ ठमेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नगदसहित खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।गत भदौ १० गते आएको बाढीबाट प्रभावित भई काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेका नागरिकलाई सङ्घले पाँच लाख ५१ रुपैयाँ नगदसहित खाद्यान्न र अन्य राहत सामग्री उपलब्ध गराएको हो।सहयोग रकम तथा...

