आरविवि फोकस ४० को १२.५० करोड इकाई नेप्सेमा सूचिकृत
काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गतको ‘आरविवि फोकस ४०’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।आज बुधबार नेप्सेमा आरविवि फोकस ४० को प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।

