काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गतको ‘आरविवि फोकस ४०’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
आज बुधबार नेप्सेमा आरविवि फोकस ४० को प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।
यससँगै आज नेप्से र आरविवि मर्चेन्ट बैंकिङबीच सूचिकरण सम्झौता समेत भएको छ । कम्पनीको दोस्रो बजार कारोबारका लागि उक्त धितोको स्टक सिम्बोल ‘आरविवि फोकस४०’ कायम गरिएको छ ।
यो योजनाका इकाई धितोपत्र सूचिकरण नियमावली,२०७५ बमोजिम मंसिर १५ गतेको निर्णयानुसार सूचिकृत भएको हो । यससँगै अब यो म्युचुअल फण्ड मंसिर २१ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

