रिलायबल भेञ्चर क्यापिटलद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आगामी मंसिर १२ गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनी सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।