रिभर फल्स पावरको घाटा ४०६.७३% ले बढ्यो,रिजर्भको आकार ९.५१ करोडले ऋणात्मक
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको घाटा वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको ६६ लाख ३१ हजार घाटाको तुलनामा ४०६.७३ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म कुल अ१० करोड १ लाख आम्दानी गरेको छ । कम्पनीको अन्य सञ्चालन खर्च ८२ लाख ६१ हजार र वित्त खर्च ८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।