दसैँ–तिहार नजिकिँदै, सुपथ मूल्य पसलमा उपभोक्ताको भीड
काठमाण्डौ । दसैँ, तिहार र छठ नजिकिँदै जाँदा बागलुङमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढ्न थालेको छ।साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बागलुङ बजारको उपल्लाचौरमा सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलमा दैनिक सयौँ उपभोक्ता किनमेलका लागि पुग्ने गरेका छन्।सोमबारदेखि सञ्चालनमा आएको उक्त पसलमा बागलुङ बजारसँगै आसपासका गाउँबाट समेत उपभोक्ता आउने गरेका...

