रश्मी रिजाल मृत्यु प्रकरण : प्रहरीको प्रारम्भिक निष्कर्ष आत्मदाह, कारणबारे अनुसन्धान जारी
काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ हेड रश्मी रिजालको मृत्यु प्रकरणमा प्रहरीले प्रारम्भिक रूपमा आत्मदाह भएको निष्कर्ष निकालेको छ। यद्यपि घटनाको कारण र त्यसअघिका परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।४५ वर्षीया रिजाल शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको...

