सुपरमाई हाइड्रोपावरको ५९ करोड ४० लाखको हकप्रद सेयर आउँदै
काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। आयोगले असोज २३ गते कम्पनीलाई ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

