ठेक्का लिएर काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद कार्यालयको झट्का, ११ निर्माण कम्पनी कालोसूचीमा
काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमा सम्पन्न नगर्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको उक्त निकायले विभिन्न सरकारी संस्थाको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरिएको जनाएको हो ।

