अध्यादेशपछि संसद् सचिवालयका सबै कर्मचारी युनियन खारेज
काठमाण्डौं । संघीय संसद् सचिवालयले कर्मचारी युनियन अब कानूनी रूपमा अस्तित्वमा नरहेको स्पष्ट गरेसँगै नेपालमा कर्मचारी अधिकार र राज्य प्रशासनबीचको सम्बन्ध नयाँ बहसको चरणमा प्रवेश गरेको देखिन्छ।‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश–२०८३’ मार्फत युनियनसम्बन्धी प्रावधान हटाइएपछि सचिवालयले आफ्नो संरचनाभित्र कुनै पनि कर्मचारी संगठनको कानूनी आधार नरहेको प्रस्ट पारेको छ।...

