१५ दिनभित्र नागढुंगा–मुग्लिङ सडकका १८२ विद्युत पोल सार्न संसदीय समितिको निर्देशन
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले नागढुंगा–मुग्लिङ सडक खण्ड विस्तारमा अवरोध बनिरहेका १८२ वटा विद्युत पोल आगामी १५ दिनभित्र स्थानान्तरण गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।शुक्रबार बसेको समितिको बैठकले विद्युत पहुँच विस्तार, सडक निर्माणमा अन्तरनिकाय समन्वय तथा विद्युत वितरण प्रणाली सुधारसम्बन्धी पाँचबुँदे निर्देशन जारी...

