घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो
काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीले आम्दानी र सञ्चालन मुनाफा बढाउँदै खुद नोक्सानी उल्लेखनीय रूपमा घटाएको हो।कम्पनीले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नोक्सानी ४ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा...

