स्थानीय तहबाटै स्वास्थ्य बीमामा सामूहिक दर्ता र नवीकरण गर्न सकिने
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गर्न र नवीकरण गर्न सकिने डिजिटल सेवा सुरु गरेको छ।बोर्डले आधिकारिक पोर्टलमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर र कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरिएको छ।

