देशभर एन्टी स्नेक भेनमको अभाव छैन : स्वास्थ्यमन्त्री मेहता
काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशका बिरामीको उपचारका लागि आवश्यक एन्टी स्नेक भेनमको देशभर अभाव नरहेको दाबी गरेकी छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले देशका विभिन्न स्वास्थ्य संस्थामा हाल एक हजार २६९ भायल एन्टी स्नेक भेनम मौज्दात रहेको जानकारी...

