स्वदेशी जुत्ता उद्योगका समस्या र नीतिगत सुधारबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल आयोजना गरिएको हो।

